बैकिङ्ग कसूर अभियोगमा सामुदायिक लघुवित्त संस्थाका तत्कालीन सिर्इअाे सहित चार पक्राउ

Jun 29, 2018 Merolagani



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ्ग कसूर अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था साँगा काभ्रेको तत्कालीन प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुलाई ब्युरोले बैकिङ्ग कसूर अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत स्वयम्भु राम जोशी, सञ्चालक समितिका अध्यक्ष हिरा बिश्वकर्मा, तथा सदस्यहरु चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की रहेका छन् । उनीहरु सबैलाई मिलोमतोमा नियम विपरित निर्णय गराई कर्जा प्रबाह गरी संस्थालाई २ करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुर्याएको भन्दै पक्राउ गरिएको हो । 

उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी उनीहरु माथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

ब्यूरोको अनुसन्धानबाट तत्कालीन सीइओ जोशीले आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति बिना मिलोमेतोमा गुडविलको रुपमा भन्दै २ करोड ५० लाख रकम प्रवाह गरेको फेला परेको थियो ।

त्यस्तै जोशीले राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन विपरित तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा ७ लाख ४४ हजार भन्दा बढी भुक्तानी लिएको तथा हदभन्दा बढी संस्थाको शेयर धारण गरेको ब्यक्ति जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी प्रमुख कार्यकारीको नियुक्ति गरेको लगायतका अनियमितता भेटिएको छ ।

यसअघि कम्पनीले पेश गरेको वित्तीय विवरणमा गम्भिर कैफियत भेटिएको भन्दै राष्ट्र बैंकको निर्देशनमा धितोपत्र बोर्डले आह्वानपत्र प्रकाशित गरिसकेको कम्पनीको आईपिओ जारी गर्न रोकेको थियो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।