नेशनल हाइड्रोको विद्युत बिक्री आम्दानी बढेपनि यसकारण घट्यो नाफा

Nov 12, 2019 04:35 PM Merolagani

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ६ करोड ६४ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० लाख ६८ हजार बढी हो।

कम्पनीले विद्युत उत्पादन वृद्धि गर्न नयाँ टरबाइन रनर, जेनेरेटर ओभरहल, बालुवा फ्लसिङ्ग गर्ने समयन्त्रहरु जडान र सिभिल मर्मतका कार्यहरु सम्पन्न गरेका कारण विद्युत उत्पादन वृद्धि भई आम्दानी बढेको बताएको छ।

विद्युत बिक्रीबाट आम्दानी बढेपनि कम्पनीको नाफा भने गत आवको असोज मसान्तको तुलनामा २१ लाख १७ हजार घटेको छ। कम्पनीले चालु आवको असोज मसान्तसम्ममा २ करोड ३७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

विद्युत बिक्रीबाट हुने आम्दानीमा सुधार भएपनि कम्पनीको प्रत्यक्ष खर्च र प्रशासनिक खर्चमा भएको वृद्धिले खुद नाफा घट्न पुगेको हो। गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको प्रत्यक्ष खर्च ५१ लाख १५ हजार बढेको छ भने सञ्चालन खर्च ५ लाख ६८ हजार बढेको छ।

१ अर्ब ३८ करोड ५९ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष चालु आवको असोज मसान्तसम्ममा ३८ करोड १० लाख ऋणात्मक रहेको छ।

दोस्रो बजारमा आईपीओको झण्डै आधा मूल्य (५४ रुपैयाँ) मा कारोबार भइरहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५४ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९५ गुणा रहेको छ।

कम्पनीको मुख्य प्रवद्र्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले प्रबद्र्धन गर्ने भनिएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको अनुमति पत्र लिनको लागि उर्जा मन्त्रालयबाट कार्यविधि पारित भई आएपछि सोही कार्यविधि अनुसार निवेदन दर्ता गरि कारवाही युक्त अवस्थामा रहेको कम्पनीले बताएको छ।

यसअघि तल्लो इन्द्रावती जलविद्युत आयोजनाको अनुमति पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश अनुसार २०७१ पुस ३० गते उर्जा मन्त्रालयको सचिव स्तरिय निर्णयले खारेज गरेको थियो।

कम्पनीको लगानी रहेको लोअर इर्खुवा हाइड्रोपावर कम्पनी प्रा.लि. १४.१५ मेगावाट, भोजपुर आयोजनाको सुरुङ्ग उत्खनन् गर्ने काम अगाडि बढेको कम्पनीले जनाएको छ। कम्पनीको नाममा माद्मे खोलामा १२.३० किलोवाट क्षमताको माथिल्लो माद्मे खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र लिई प्रविधिक अध्ययन जारी रहेको कम्पनीले जानकारी दिएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।