दश हाइड्रोपावर कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ माथि

Nov 29, 2019 08:59 AM Tirtha Raj Poudyal

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० हाइड्रोपावर कम्पनीले वार्षिक १५ रुपैयाँ धेरै प्रतिशेयर आम्दानी (इपिएस) कायम गरेका छन्। हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २८ मध्ये १० कम्पनीको इपिएस १५ रुपैयाँ माथि देखिएको हो।

यस्तै दुई कम्पनीको इपिएस १० रुपैयाँभन्दा बढी र ८ कम्पनीको १० रुपैयाँभन्दा कम रहेको छ। ७ हाइड्रोपावरको इपिएस ऋणात्मक रहेको छ ।

सबैभन्दा धेरै इपिएस सानिमा माइ हाइड्रोपावरको ३५ रुपैयाँ १२ पैसा रहेको छ भने सबैभन्दा कम खानीखोला हाइड्रोपावरको २८ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेको छ। यस अवधिमा हाइड्रोपावर समूहको औसत इपिएस ८ रुपैयाँ ६८ पैसा देखिन्छ।

(तालिकामा उल्लेखित खुद नाफा, चुक्ता पूँजी र जगेडा कोषको रकमलाई हजारमा देखाइएको छ। शेयरमूल्य बिहीबार बजार बन्द हुनुभन्दा आधाघण्टा अघिको हो)

यी हुन् अझै प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन नगर्ने चार हाइड्रोपावर

  • खुद मुनाफा

यस अवधिमा ६ हाइड्रोपावर कम्पनी नोक्सानीमा गएका छन् भने २१ कम्पनी मुनाफामा छन्। हिमालयन पावर पार्टनरले नोक्सानी वा नाफा उल्लेख गरेको छैन।

चिलिमे हाइड्रोले सबैभन्दा धेरै २१ करोड ७० लाख र सानिमा माइले २० करोड ३९ लाख खुद मुनाफा आर्जन गरेका छन्। माउन्टेन हाइड्रोले सबैभन्दा धेरै ४ करोड ५८ लाख र खानीखोलाले ३ करोड ३४ लाख नोक्सानी ब्यहोरेका छन्।

  • शेयरमूल्य र मूल्य आम्दानी अनुपात

यस अवधिमा अरुण काबेली पावरको मूल्य आम्दानी सबैभन्दा धेरै रहेको छ। ८ पैसा ऋणात्मक इपिएस रहेको यस कम्पनीको शेयरमूल्य १४५० गुणा धेरै अर्थात ११६ रुपैयाँ रहेको छ।

सबैभन्दा कम मूल्य आम्दानी अनुपात नेपाल हाइड्रो डेभलोपरको ३.२४ गुणा रहेको छ। वार्षिक ३२ रुपैयाँ इपिएस रहेको यस कम्पनीको प्रतिकित्ता शेयरमूल्य १०६ रहेको छ। यस अवधिमा ११ कम्पनीको पिई १० भन्दा कम रहेको छ ।

सबैभन्दा धेरै शेयरमूल्य चिलिमेको प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ भने सबैभन्दा कम दिब्यश्वरीको ४९ रहेको छ। २८ मध्ये १५ हाइड्रोको शेयरमूल्य अंकितमूल्यभन्दा तल रहेको छ।

  • चुक्ता पूँजी

यस अवधिमा वित्तीय विवरण सार्वजनिक गरेको २८ कम्पनीको कूल चुक्ता पूँजी ४९ अर्ब २४ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको छ। सबैभन्दा धेरै चुक्ता पूँजी अपर तामाकोशीको १० अर्ब ५९ करोड छ भने सबैभन्दा कम दिब्यश्वरी हाइड्रोपावरको २६ करोड ४० लाख रहेको छ ।

२८ मध्ये १३ कम्पनीको चुक्ता पूँजी एक अर्ब माथि रहेको छ भने १५ कम्पनीको एक अर्ब मुनी रहेको छ। हाइड्रोपावर समूहको चुक्ता पूँजी औसतमा एक अर्ब ७५ करोड ८७ लाख रहेको छ।

  • जगेडा कोष

प्रथम त्रैमासका आधारमा जगेडा कोषमा सबैभन्दा धेरै चिलिमेको ४ अर्ब ७५ करोड ९९ लाख रहेको छ भने सबैभन्दा कम अपर तामाकोशीको ६५ करोड ३५ लाख ८० हजारले ऋणात्मक रहेको छ। हाइड्रोपावर समूहको जगेडा कोषमा औसत २९ करोड ७४ लाख सञ्चित छ।

यसैगरि बुटवल पावरको ४ अर्ब ५३ करोड र सानिमा माइको ७४ करोड बराबरको जगेडा कोष रहेको छ। युनाइटेड मोदी, राधी विद्युत, अपि पावरको १० करोडभन्दा धेरै जगेडा कोष रहेको छ। ङादी ग्रुप पावर, अरुण भ्याली, युनिभर्सल पावरको पाँच करोडभन्दा धेरै र नेपाल हाइड्रो डेभलोपर, रिडी हाइड्रोपावर, कालिका पावर, छ्याङ्दी, र रैराङ्ग हाइड्रोपावर कम्पनीको जगेडा कोष पाँच करोडभन्दा कम रहेको छ।

हिमालयन उर्जा विकास कम्पनी, अरुण काबेली, सिनर्जी पावर, साञ्जेन, युनियन, माउन्टेन हाइड्रो, दिब्यश्वरी, रसुवागढी, पाँचथर पावर, आखुँखोला, नेशनल हाइड्रो, खानीखोला र अपर तामाकोशी गरि १३ कम्पनीको जगडा कोष ऋणात्मक रहेको छ। १४ कम्पनीको धनात्मक रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।