अपर तामाकोशीबाट बिजुली बल्न कम्तिमा ६ महिना कुर्नुपर्ने, तीन महिनाको नोक्सानी एक करोड माथि

Nov 18, 2019 12:34 PM Merolagani



राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर (UPPER) बाट विद्युत उत्पादन हुन अझै कम्तिमा ६ महिना कुर्नुपर्ने भएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा आगामी चैतसम्ममा परीक्षण उत्पादन सुरु गरी चालु आर्थिक वर्ष भित्रमा बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना सम्पन्न हुने समय लम्बिँदा विद्युत बिक्रीबाट कुनै आम्दानी गर्न सकेको छैन।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोपावर एक करोड ३० लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी एक करोड ९९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो। 

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ३२ अर्ब ४० कारोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ।

यस अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् २५ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ पैसा ऋणात्मक छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २५ पैसाले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ८३ पैसा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।