चालिस प्रतिशतले नाफा बढाएको कालिका पावरको जगेडा कोषमा पनि आकर्षक सुधार

Nov 18, 2019 01:13 PM Merolagani



कालिका पावर कम्पनी  (KPCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७० लाख १४ हजार अर्थात् ३९.३८ प्रतिशतले धेरै हो । 

गत आवको पहिलो त्रैमासमा कम्पनीले एक करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो।

चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा कम्पनीले जगेडा कोषमा ३ करोड ४१ लाख रुपैयाँले सुधार गरेको हो। 

गत आवको चौंथौ त्रैमाससम्म सञ्चित नोक्सानी सकाएर एक करोड २१ लाख मुनाफामा पुगेको कम्पनीले प्रथम त्रैमासमा २ करोड ४८ लाख २७ हजार मुनाफा जोडेर ३ करोड ६९ लाख ३३ हजार जम्मा गरेको हो। गत आवको प्रथम त्रैमासमा कम्पनीको जगेडा कोषमा २७ लाख ७७ हजार रुपैयाँ मात्र सञ्चित रहेको थियो।

विद्युत बिक्री मार्फतको आम्दानी घटेपनि समग्र खर्चमा व्यवस्थापन गर्दा कम्पनीको नाफामा सुधार देखिएको हो।

यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत् ५ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा २५ लाख ९ हजार अर्थात् ४.२७ प्रतिशतले कम हो। गत आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्री मार्फत् ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६७ पैसाले बढेर १६ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८८ पैसा थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात ४.७७ गुणा छ।कम्पनीको शेयरमूल्य भने धितोपत्रको दोस्रो बजारमा ८० रुपैयाँभन्दा तल रहेको छ। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।