खानीखोला हाइड्रोपावरको नोक्सानी घट्दै, अझै ३ करोड ३४ लाख नोक्सानीमा

Nov 18, 2019 01:22 PM Merolagani



खानीखोला हाइड्रोपावर कम्पनी (KKHC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँले खुद नोक्सानी व्यहोरेको छ। यद्यपी कम्पनीले गत आवको सोही अवधिको तुलनामा ३१ लाख १३ हजार रुपैयाँले नोक्सानी घटाएको हो। 

गत आवको यसै अवधिमा कम्पनी ३ करोड ६५ लाख रुपैयाँले नोक्सानीमा थियो ।

विद्युत बिक्री मार्फतको आम्दानी घट्नुका साथै बैंकको ब्याज खर्च उच्च हुँदा कम्पनी नोक्सानीबाट माथि उठ्न नसकेको हो। 

यस अवधिमा कम्पनीको आम्दानी एक करोड २५ लाख रुपैयाँ अर्थात् ५३.४१ प्रतिशतले घटेको छ।गत आवको पहिलो त्रैमासमा विद्युत विक्री मार्फत् एक करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा एक करोड ९ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

यसैगरी गत आवमा अन्य स्रोत मार्फत् ३४ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवमा ९७० रुपैयाँ मात्र आम्दानी गरेको छ ।

४६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँ दीर्घकालीन ऋण रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७१ पैसाले ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ रुपैयाँ ३४ पैसा छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।