सिनर्जी पावरको विद्युत बिक्रीबाट आय बढ्यो, सब-स्टेशन र प्रसारण लाइन नहुँदा ४० प्रतिशतभन्दा बढी विद्युत खेर

Nov 18, 2019 08:23 AM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सिजर्नी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड (SPDL) ले विद्युत बिक्री गरी ८ करोड ७८ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ५ लाख २९ हजार रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ७३ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो।

प्रसारण लाइन निर्माण समयमा नै सम्पन्न नभएका कारण वर्षयाममा कुल क्षमताको ४० प्रतिशतभन्दा बढी विद्युत खेर गइरहेको कम्पनीले जनाएको छ। सिप्रिङ्ग खोला जलविद्युत आयोजनाको सम्झौता बमोजिम विद्युत प्रवाह हुनुपर्ने सिँगाटी सब–स्टेशन तथा सिँगाटी–लामासाँघु १३२ केभि प्रसारण लाईन समयमै सम्पन्न नभएका कारण विगत ७ वर्षदेखि आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको कम्पनीले जनाएको छ। सो सब–स्टेशन र प्रसारण लाइन यस वर्ष सम्पन्न हुने कम्पनीले अपेक्षा गरेको छ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ४ करोड १९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५७ लाख ३१ हजार बढी हो। कम्पनीले खर्च व्यववस्थापन गर्दै आम्दानी बढाउन सफल भएपछि नाफा बढ्न पुगेको हो।

७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ७५ लाख ८५ हजार ऋणात्मक रहेको छ। कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९९ पैसा रहेको छ। यस हिसाबमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९६ पैसा हुन्छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ३४ पैसा कायम भएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।