दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

Jul 14, 2022 04:46 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरको थियो ।

यस्तै आरम्भ चौतारी लघुवित्त (ACLBSL) को ६ लाख २ हजार २०२.६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो  लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९.६२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

दुबै लघुवित्तकाे बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।