गत साता १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Sep 24, 2023 06:46 AM Merolagani



गत साता नेप्से परिसूचक १ प्रतिशत बढेको थियो। अघिल्लो साता २००७.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता १.१३ प्रतिशत अर्थात २२.७२ अंक बढेर २०२९.७८ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। गत साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४२ अंक घटेको थियो।

टेवा पाएर उक्लियो

गत साता नेप्सेले १९६० देखि १९९० को क्षेत्रमा टेवा पाएको देखिन्छ। अघिल्लो सातादेखि नै सो क्षेत्रमा रहेको नेप्से, गत साताका सोही क्षेत्रमा टेवा पाएर उक्लिएको हो। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

गत साता बजारमा खरिदकर्ता बलियो देखिएका छन्। साप्ताहिक रुपमा अघिल्लो साता बुलिश इगल्फिङ्ग मैनबत्ती बनाएको नेप्सेले, गत साता बुलिश पिन बार मैनबत्ती बनाएको छ। यसले बजारमा सो साता खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। त्यसले पनि सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २९ करोड रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ४२.६३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेमा बुलिश प्रवृत्ति देखिएको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। नेप्सेले अघिल्लो साता बुलिश क्रशओभर बनाएको थियो।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)