Thu, Jun 25, 2026
मंसिर ८ गते, शुक्रबार, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदन परेको थियो। जसमध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको थियो भने ३२५ आवेदन रद्द भएको थियो। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १७ हजार ८४५ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी १ जनाले थप एक कित्ता र अर्को १ जनाले थप ०.१८ कित्ता शेयर प्राप्त गरेका छन्।
लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदन परेको थियो। जसमध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको थियो भने ३२५ आवेदन रद्द भएको थियो।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १७ हजार ८४५ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी १ जनाले थप एक कित्ता र अर्को १ जनाले थप ०.१८ कित्ता शेयर प्राप्त गरेका छन्।
बाबुकृष्ण महर्जन
सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।