नेप्सेमा सुचिकृत २८ करोड कित्ता शेयरको कारोबार यसरी रोकियो, लामो समय कारोबार रोकिँदा लगानीकर्ता मर्कामा

Dec 04, 2015 Parmeshwor Adhikari

परमेश्वर अधिकारी
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ गुणाले बढाउने निर्णय गरेसंगै यति बेला बैंक तथा वित्तीय संस्थाको मर्जरका कारण ठुलो मात्रामा ३ दर्जन बढी वित्तीय संस्थाको शेयर कारोबार रोकिएको छ । ६ वटा वाणिज्य बैंक सहित ३७ वटा वित्तीय संस्था एक अर्कासंग मर्ज प्रकृयामा छन् । त्यसै गरि एउटा विकास बैंक र एउटा फाइनान्स एक्विजिशन प्रकृयामा रहँदै गर्दा बजारमा २७ करोड ७३ लाख कित्ता भन्दा बढी शेयरको किनबेच बन्द भएको छ ।

लामो समयसम्म मर्जर प्रकृया नटुङ्गिने र मर्जर सम्झौता भए लगत्तै शेयर कारोबार रोक्का हुने व्यवस्थाले लगानीकर्ता समस्यामा पर्दै आएका छन् । यस क्रममा एनएमबी बैंकसहितका ५ वटा वित्तीय संस्था पहिलो पटक गाभिएर केही समय अघि मात्र एनएमबी बैंकको शयर कारोबार खुल्ला भएको छ ।

पुँजी वृद्धिका लागि मर्जरलाई बाध्यात्मक बनाएको राष्ट्र बैंकले मर्जर प्रकृयाका बेला शेयर कारोबार प्रभावित नगर्ने सम्बन्धमा खासै भुमिका निर्वाह गर्न नसकेका कारण पहिले जे समस्या थियो अहिले पनि त्यसकै पनरावृत्ति भैरहेको हो ।

यस क्रममा ६ वटा वाणिज्य बैंकको मात्र १३ करोड ८२ लाख कित्ता शेयरको किनबेच बन्द भएको छ । प्रभु बैंकले ग्राण्ड बैंकलाई प्राप्त गर्ने पैकृया १ वर्ष पहिलेदेखि चले पनि राष्ट्र बैंकले मर्जको प्रकृति देखियो भनेर फेरी साधारण सभ ागर्न निर्देशन दिए पछि प्रभु बैंकको शेयर कारोबार पनि अशोज १४ गतेदेखि स्थगित भयो । अहिले उसले ग्राण्ड बैंकसंग मर्जर प्रकृया अघि बढइरहेको छ । कारोबार कहिलेबाट सुचारु हुन्छ भन्न सक्ने अवस्था छैन ।

उता माछापुछ« बैंक र जनता बैंकले पनि अशोज ५ गते एक आपसमा गाभिने सम्झौता गरे पछि त्यसै दिनबाट २ वटा बैंकको शेयर कारोबार बन्द अवस्थामा छ । यी दुई बैंकको मात्र नेप्सेमा ४ करोड ८३ लाख कित्ता शेयर किनबेच हुँदै आएको थियो । 

समस्याग्रस्त अवस्थाबाट गुज्रिँदै गर्दा राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक)ले एनएमबी पछि दास्रो पटक ४ वटा विकास बैंकहरुलाई आफुमा गाभ्ने प्रकृया यहि मंसिर ११ गतेबाट सुरु गरेको छ । इन्टरनेशनल डेभलपमेण्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंक र एपेक्स डेभलपमेण्ट बैंकलाई एनसीसीमा गाभ्ने प्रकृयाले ५ वटा वित्तीय संस्थाको गरि ४ करोड ४ लाख कित्ता भन्दा बढी शेयरको कारोबार रोक्का भएको छ । 

त्यसै गरि मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकका बिचमा गत माघ १५ गते मर्जरको सम्झौता भए पनि त्यसले अहिलेसम्म पुर्णता पाउन नसक्दा २ करोड ८६ लाख कित्ता शेयरमा लगानीकर्ताको रकम फसिरहेको छ । यसरी ६ वटा विकास बैंकसंग तथा आफु आफुमा गाभिने विकास बैंक र फाइनान्सको संख्या ३१ छ । कुल ३७ वटा वित्तीय संस्थाको गरि २७ करोड २३ लाख ९४ हजार ४ सय ५५ कित्ता शेयरको बिनबेच रोक्का भएको तथ्याङ्कले देखाउँछ ।

यसका अलावा प्रिमियर फाइनान्सलाई सिटिजन्स बैंकले खरिद गर्ने प्रकृया गत फागुन २५ गतेबाट सुरु भए पछि फाइनान्सको पनि शेयर कारोबार रोक्का भएको छ । त्यसै गरि समस्यामा रहेको नेपाल विकास बैंकलाई प्रभु बैंकले किन्ने प्रकृया गत कात्तिक १३ गतेबाट सुरु भएसंगै नेपाल विकास बैंकको पनि शेयर कारोबार रोक्का भएको छ । एक्वीजिशन प्रकृयामा जाँदा यी २ कम्पनीको गरि ४४ लाख ६६ हजार ९ सय ८५ कित्ता शेयरको कारोबार रोक्का भएको देखिन्छ ।

 

 

यसै गरि बिहीबार मात्रै टुरिजम् डेभलपमेण्ट बैंकले सिन्धुलीको मातृभुमी विकास बैंकलाई खरिद गर्ने सम्बन्धमा सम्झौता भएको छ । जसका कारण नेप्सेमा सुचिकृत भएको मातृभुमि विकास बैंकको ४ लाख ४० हजार कित्ता शेयरको कारोबार पनि बिहीबारदेखि नै स्थगित भएको छ । यसरी एक्विजिशनमा जाने वित्तीय संस्थाको मात्र जम्मा ४९ लाख ६ हजार ९ सय ८५ कित्ता शेयर कारोबार रोक्का भएको छ ।

मर्जरका कारण ३७ वित्तीय संस्थाको २७ करोड २३ लाख ९४ हजार ४ सय ५५ कित्ता तथा एक्विजिशनका कारण ४९ लाख ६ हजार ९ सय ८५ गरि अहिले नेप्सेमा सुचिकृत २७ करोड ७३ लाख १ हजार ४ सय ४० कित्ता शेयरको कारोबार स्थगित भएको छ ।

मर्ज वा एक्विजिशनमा सहजीकरण नभएमा बिगतमा मर्ज प्रक्रियामा गएर हण्डर खाएका कम्पनीहरु मर्जमा जान अनिश्छु्क रहने देखिन्छ । मर्ज प्रक्रियामा असफल भएका बैंक तथा बित्तीय संस्थाहरु “अगुल्टाले हानेको कुकुर बिजुली चम्दा तर्सन्छ” को अबस्थामै छन् । यसले बैंक तथा बित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको नीतिको मर्ममाथि नै आघात पुग्नसक्छ ।

मर्ज वा एक्विजिशनमा गएका कम्पनीहरुको विगतको दर्दनाक तस्बीर हेर्ने हो र लगानीकर्ताको हित संरक्षणमा ध्यान नदिने हो भने अझै कति धेरै लगानीकर्ताको लगानी बन्धक बन्ला ? बिचारणीय छ ।

धेरै बैंकहरु मर्जमा जाँदा शेयर कारोबारको हालत के होला ? यस्तो देखिन्छ डरलाग्दो तस्बीर

मर्जमा जाने बैंकका लगानीकर्ता अपराधी हुन् र यस्तो पीडा दिने ?

कैलाश, मेट्रो डेभलपमेन्ट र नेपाल एक्सप्रेस फाईनान्स गाभिने, आगामी वैशाखबाट एकिकृत कारोबार थाल्ने

लुम्बिनीसँगको हल्ला चलाएर बिजनेस युनिभर्सले रोज्यो अर्कै बाटो

ज्योति विकास बैंक र हाम्रो विकास बैंक पनि गाभिदै,चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्ने

मर्जरले समग्र वित्तीय क्षेत्रको अपेक्षित विकास हुन सकेन, DDA लाई यथार्थपरक बनाउन सुझाब

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।