सामान्य बढ्यो तारागाँउ रिजेन्सी होटल्सको नाफा

Feb 13, 2025 10:18 AM Merolagani



तारागाँउ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी सामान्य बढेसँगै खुद नाफा पनि सामान्य बढेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ३.८२ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.२९ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २१ पैसा घटेर १९ रुपैयाँ ४ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२५ गुणा रहेको छ।

१ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।