तारागाउँ रिजेन्सीको नाफा ७१ प्रतिशत बढ्यो, ईपीएस कति?

Feb 12, 2024 09:47 AM Merolagani



तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा होटलले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २०.२१ प्रतिशत बढेको छ भने अन्य आम्दानी १८.७६ प्रतिशत घटेको छ। त्यसैगरी, होटलको कुल आम्दानी समीक्षा अवधिमा १४.४० प्रतिशत बढेको छ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ८ रुपैयाँ बढेर १९ रुपैयाँ २५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.७८ गुणा रहेको छ।

१ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८६ करोड १० लाख रुपैयाँ रहेको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।