चन्द्रागिरी हिल्सको अधिकांश सूचकमा सुधार

Feb 12, 2024 08:48 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गत आर्थिक वर्षको तुलनामा सुधार भएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिके तुलनामा २२.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२.०७ प्रतिशत र कुल आम्दानी ११.८६ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च २६.४३ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४.८५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४८ पैसा बढेर ८ रुपैयाँ १९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १११.७९ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।