चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। याे गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा १५२.६८ प्रतिशत बढी हाे। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।
आम्दानी बढेसँगै कम्पनीकाे खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ३ कराेड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी २ कराेड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा १ कराेड २ लाख रूपैयाँबाट बढेर १ कराेड ४९ लाख रूपैयाँ पुगेकाे छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।