सातामा साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 09, 2025 05:39 AM Merolagani



यस साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २९२२.६३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४७ प्रतिशत अर्थात ७२.२६ अंक घटेर २८५०.३७ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५७ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १९ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ८८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४९.०२ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ४०.९३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४०.९३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब १९ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता व्यापार उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक ०.०९ प्रतिशत बढेको छ। गत साता ४२९३.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३.९७ अंक बढेर ४२९७.१७ विन्दुमा पुगेको छ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.२५ प्रतिशत घटेको छ। गत साता २७६६.६३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता १४५.३३ अंक घटेर २६२१.३० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४५२.७२ अंक घटेको छ।

नेप्सेमा यस साता स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ९ लाख ३२ हजार ४२१.१० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यस साता समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक १८.२६ प्रतिशत बढेको छ। गत साता २ हजार ३७२ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता २ हजार ८०५ रुपैयाँ ५३ पैसा रहेको छ। त्यस्तै, यस साता सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सान्भि इनर्जीको शेयरमूल्य यस साता सर्वाधिक १३.२८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता अप्पर साङ्गे हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, रिलायबल समृद्धि योजना लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने हिमालयन लाइफ इन्स्योरेन्स, सनराइज ब्लुचिप फण्ड, माउन्टेन इनर्जी नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।