यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स १.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।
नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २ण्.७६ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १०.५७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १७.९० प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ४५ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१७ प्रतिशत बढेको छ। गत साता २२४३.०१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३८.३६ अंक बढेर २३८१.३७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २०२.१७ अंक बढेको छ।
कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक १.३९ प्रतिशत घटेको छ। गत साता ३३७०.८१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४६.८४ अंक घटेर ३३२३.९७ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७४.७५ अंक घटेको छ।

यस साता सात कम्पनीको ५४ करोड ५२ लाख ७९ हजार ५२०.२४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता माबिलुङ्ग इनर्जी, दरमखोला हाइड्रो इनर्जी र सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने नेपाल इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस साता एचएलआई लार्ज क्याप फण्ड र ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० पनि नेप्सेमा सूचीकृत भएको हो।

यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २०.४७ प्रतिशत बढेको छ। गत साता २ हजार २ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर यस साता २ हजार ४१२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ। यस साता इष्टर्न हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.३३ प्रतिशत घटेको छ। त्यस्तै, यस साता हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल दूरसञ्चार कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था र नेपाल एसबिआई बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिन्चोक दर्शन र शिव श्री हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

