परीक्षा बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ भने आवश्यक प्राविधिक काम तीव्र रूपमा अघि बढाइएको छ।
सम्भवतः आज साँझ नै नतिजा सार्वजनिक हुन्छ। अहिले प्राविधिक काम भइरहेको छ। स्रोतका अनुसार ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिट्टै नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ।
यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेका छन्।