सूचना प्रविधि र डिजिटलका क्षेत्रमा बजेट सकारात्मकः क्यान

Jun 03, 2026 05:42 PM Merolagani



कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान महासंघ)ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सूचना प्रविधि र डिजिटल नवप्रवर्तनका क्षेत्रलाई प्राथमिकता दिएको निष्कर्ष निकालेको छ ।

बुधबार क्यान महासंघले आयोजना गरेको 'डिटिजल अर्थतन्त्रको प्रस्थानविन्दु वा अधुरो सपना' बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बजेटले सूचना प्रविधि, डिटिजल नवप्रवर्तन, कृत्रिम बुद्दिमत्ता(एआइ) लगायतका बिषयहरु बजेटमा समावेश भएको बताएका हुन् ।

सो अवसरमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा तयार पारिएको अवधारणा ढाँचाले नेपालको प्रविधि इकोसिस्टमका लागि यो बजेट कति महत्वपूर्ण छ भन्ने कुरालाई प्रस्ट्याएको बताए । उनले नीतिगत रुपमा बजेट आकर्षक भए पनि बजेटले नवप्रवर्तनकारी स्टार्टअप, सफ्टवेयर निर्यातक, फ्रिलान्सर र डिजिटल उद्यमीहरूका लागि वास्तविक ढोका खोल्छ, कि पुरानै प्रशासनिक र संरचनागत बाधाहरूले यसको गति रोक्नेछन्? भन्ने दुविधा रहेको बताए ।

उनले बजेटमा आएको बिषय कार्यान्वयन कसरी हुन्छ र त्यसको असर देखिएमा सरकारले समाधानका लागि सहजीकरण गर्नुपर्ने बताए ।

त्यस्तै, मोबाइल वितरक संघका प्रतिनिधि रघु त्रिपाठीले बजेटले डिजिटल प्रविधि, स्टार्टअप र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयन कसरी हुन्छ र त्यसबाट पर्ने प्रभावले व्यवसायमा कस्तो असर पर्छ भनेर सरकारले सोच्नुपर्ने बताए ।

सरकारले अवैध मोबाइल आयात रोक्न नसक्दा उपभोक्ता मर्कामा परेको उनले बताए ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।