विश्वकप २०२६ः जर्मनीको सहज जित, नेदरल्यान्ड्स र जापानबीच रोमान्चक बराबरी

Jun 15, 2026 05:12 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह ई काे खेलमा पूर्व विजेता जर्मनीले सुखद सुरुवात गरेको छ भने समूह एफकाे खेलमा अर्को हेभीवेट टोली नेदरल्यान्ड्स जापानसँग रोकिएको छ।

विश्वकपमा पहिलो पटक डेब्यु गरिरहेको कुरासाओविरुद्ध जर्मनीले ७–१ को सहज जित दर्ता गरेको छ। जर्मनीले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको थियो। जर्मनीका लागि काई हाभार्ट्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन, डेनिज उन्डाभले एक–एक गोल गरे। कप्तान जोसुअ किम्मिचले दुई असिस्ट गरे। कुरासाओले केही राम्रा प्रहार गरे पनि जर्मनीको बलियो रक्षापङ्क्ति तोड्न सकेन।

त्यस्तै नेपाली समय अनुसार आज बिहान समूह एफ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा एशियाली शक्ति जापानले उत्कृष्ट प्रदर्शन गर्दै युरोपेली जाइन्ट नेदरल्यान्ड्सलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। अमेरिकाको टेक्ससस्थित डल्लास रङ्गशालामा भएको यस खेलमा जापानले दुई पटक पछि परेको स्थिति उल्टाउँदै खेल बराबरी गर्न सफल भएको हो।

पहिलो हाफ बिना कुनै गोल सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक रह्यो। खेलको ५१ औँ मिनेटमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले हेडिङमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यसको ६ मिनेटमै (५७ औँ मिनेट) जापानका केइतो नाकामुराले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको ६४ औँ मिनेटमा क्रिसेन्सियो सम्मेरभिलले डि–बक्सको किनाराबाट उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए। उनको देशका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। नेदरल्यान्ड्स जिततर्फ अघि बढिरहेका बेला खेलको ८९ औँ मिनेटमा जापानका स्टार दैची कामादाले कर्नर किकको अवसरमा हेडिङमार्फत नाटकिय गोल गर्दै जापानको संकट टारे। यो उनको विश्वकप इतिहासकै पहिलो र जापानका लागि विश्वकपमा सबैभन्दा ढिलो समयमा भएको गोलको कीर्तिमान हो।

यस रोमाञ्चक बराबरीसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन्। यो विश्वकप इतिहासमा नेदरल्यान्ड्सले दुई पटक अग्रता लिएर पनि जित्न नसकेको पहिलो खेल समेत बनेको छ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।