सलापा विकास बैंकको ५८ हजारभन्दा बढी शेयरको लक–इन अवधि असार २४ पछि समाप्त हुने

Jun 18, 2026 08:40 AM Merolagani



 सालपा बिकास बैक(SABBL)ले सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लक–इन (Lock In) अवधि समाप्त हुन लागेको जनाएको छ।

बैंकले प्रकाशित गरेको सूचनाअनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको ५८ हजार ११४ कित्ता शेयरको लक–इन अवधि २०८३ असार २४ गतेपछि समाप्त हुनेछ। उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका रहेका छन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले छ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था रहेकाले सो अवधि पूरा हुन लागेको बैंकले जनाएको छ।

लक–इन अवधि समाप्त भएसँगै सम्बन्धित लगानी कोषले उक्त शेयर कारोबार गर्न सक्नेछन्। यसबारे जानकारी दिन तथा लगानीकर्ता एवं सरोकारवालालाई सूचित गर्न बैंकले सार्वजनिक सूचना जारी गरेको हो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।