खेलको सुरुवातमै दुवै टोलीले आक्रामक खेल खेलेका थिए। खेलको ४०औँ मिनेटमा कोलम्बियाका डानियल मुनोजले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाए।
दोस्रो हाफमा उज्वेकिस्तानले पुनरागमनको प्रयास गर्यो। खेलको ६०औँ मिनेटमा उज्वेकिस्तानका युवा प्रतिभा अब्बोसबेक फइजुल्लाएभले सानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उज्वेकिस्तानले बराबरी गोल गरेको केही मिनेटमै कोलम्बियाले पुनः दबाब बढायो। ६५औँ मिनेटमा गुस्ताभो पुएर्ताको पासमा स्टार फरवार्ड लुइस डियाजले बक्स भित्रबाट उत्कृष्ट गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए।
खेलको अन्तिम समयमा उज्वेकिस्तानले बराबरीका लागि निकै प्रयास गरे पनि इन्जुरी समयको अन्तिम मिनेटमा कोलम्बियाका जामिन्टन काम्पाजले गोल गर्दै टोलीको ३–१ को जित पक्का गरे।