त्यसमाथि फुटवल खेलाडीहरुको सबैभन्दा प्रिय वस्तु मानिने चुइङ्गमसँगको सम्वन्धको कुरा, झट्ट हेर्दा जति सामान्य लाग्छ, वास्तवमा त्यत्तिकै रोचक पनि छ । तीमध्येका दुई घटना हुन्, ‘चुइङ्गम किङ’ जोन क्रफको चुइगम चपाउने ‘आइकोनिक स्टाइल’ र ७ करोड ९० लाखमा लिलाम भएको खेलाडीको जुठो चुइगमको रहस्य ।
नेदरल्यान्ड्सका फुटबल खेलाडी जोन क्रफ विश्वमा चुइङ्गम किङ’ मानिन्छन् । सन् १९७४ को विश्वकपमका सबैभन्दा चर्चित घटनाहरु मध्ये उनको ‘चुइङ्गम चपाउने स्टाइल’ लाई पनि एक मानिन्छ ।
मुखमा चुइङ्गम, लामो कपाल, हल्का झुकेको शरीर र बलमाथि पूर्ण नियन्त्रण— football coolness को प्रतीक बन्यो।
जर्मनीमा भएको त्यो विश्वकपमा क्रफले केवल कप्तानी गरेनन्, फुटबलको भाषा नै बदलिदिए।
उनी तनावको बीचमा पनि चुइङ्गम चपाउँदै हाँस्ने स्वभावले एउटा नारा नै स्थापित भयो,बाँकी सबै तनावमा, क्रफ भने मस्तीमा ।
उनले हरेक खेलमा चुइङ्गम चपाउँदै मस्तीको मुडमा खेल्न थालेपछि विश्व विख्यात समाचार संस्था गार्जियनले उनको चुईगम चपाउने स्टाइलको बारेमा लामो आलेख नै लेखेको थियो । त्यसलगत्तै धेरै संचारमाध्यमले उनको चुईगम चपाउने शैलीको बारेमा लेखेका थिए । त्यसैक्रमममा उनी ‘चुइङ्गम किङ’को रुपमा स्थापित भएका थिए । अहिले पनि चुईगम र फुटवलको बारेमा चर्चा हुने वित्तिकै उनको ‘आइकोनिक स्टाइल’को बारेमा चर्चा हुने गर्छ ।
फर्गुसनको जुठो चुइङ्गम झण्डै ८ करोड रुपैंयामा विक्यो
यो फुटबल इतिहासकै त्यस्तो अनौठो र चर्चित घटना हो, जस्को चर्चा सम्भवतः कहिल्यै सेलाउने छैन । त्यो घटना हो एलेक्स फर्गुसनले आफ्ना अन्तिम खेलमा चपाएको भनिएको चुइङ्गमको टुक्रा २०१९ मा लिलामीमा ३ लाख ९० हजार पाउण्ड (७ करोड ९० लाख नेपाली रुपैंया)मा बिकेको घटना ।
घटना के थियो ?
Alex Ferguson ले २६ वर्षसम्म Manchester Unitedको नेतृत्व गरे।
उनको अन्तिम खेल १९ मे २०१३ मा West Bromwich Albion विरुद्ध भएको थियो, जुन ५–५ को रोमाञ्चक बराबरीमा सकिएको थियो । त्यो खेल उनको १५००औँ खेल पनि थियो।
खेल सकिएपछि एक समर्थकले Alex Ferguson ले फालेको भनिएको चुइङ्गम उठाए। त्यसलाई एउटा perspex र wooden display box मा राखेर सुरक्षित गरियो। त्यसमा लेखिएको थियो-The Last Gum: Sir Alex Ferguson, 19.05.2013।
किन यति महँगो बिक्यो ?
यो सामान्य चुइङ्गम थिएन—यो एउटा युगको अन्त्यको प्रतीक बन्यो।
Ferguson को touchline style का तीन iconic चिन्ह थिए, हातमा घडी हेर्ने बानी, रिसाएर निर्देशन दिने शैली र लगातार चुइङ्गम चपाउने बानी ।
उनको २६ वर्षको करियरमा करिब ३,००० भन्दा बढी gum packets प्रयोग भएको अनुमान छ।
त्यसैले यो अन्तिम चुइङ्गम जस्तै बन्यो।
पैसा कहाँ गयो ?
लिलामीबाट आएको पैसा निजी नाफाका लागि राखिएको थिएन।
यो रकम Manchester United Foundation लाई दिने घोषणा गरिएको थियो। यो संस्थाले युवा विकास र सामाजिक परियोजनामा काम गर्छ।