जलविद्युत कम्पनीको वित्तीय विबरणले अलमलमा लगानीकर्ता, दोस्रो त्रैमासभन्दा खस्कियो एनएचपीसी

May 06, 2019 Merolagani



जलविद्युत कम्पनीहरुले त्रैमासिक वित्तीय विबरण सार्वजनिक गर्दा एउटा त्रैमासको मात्र विबरण सार्वजनिक गर्ने गरेका छन्। अघिल्लो त्रैमासको पनि सोही किसिमको मात्र विबरण राखिदिँदा लगानीकर्ताले त्रैमासका आधारमा तुलना गर्न सके पनि वास्तविक अवस्था थाहा पाउन नसक्ने अवस्था देखिएको छ ।

आन्तरिक कचिलो र मुद्धा मामिलामा फसेको नेशनल हाइड्रोपावर (NHPC) ले सोमबार सार्वजनिक गरेको वित्तीय विबरणले लगानीकर्तामा अन्यौलता उत्पन्न गरेको छ ।

गत आर्थिक वर्षको यसै त्रैमास, चालु आर्थिक वर्षको दोस्रो त्रैमास र तेस्रो त्रैमासिक अवधिको विबरण मात्र विबरण पत्रमा उल्लेख गर्दा अरु बिवरणबाट लगानीकर्ता बञ्चित भएका हुन् ।

दोस्रो त्रैमासको असोजदेखि पुस मसान्तसम्ममा १ करोड ४० लाख रुपैंया खुद नाफा गरेको कम्पनीले तेस्रो त्रमासको माघदेखि चैत मसान्तसम्ममा जम्मा २२ लाख रुपैंया मात्र खुद नाफा कमाएको छ । वित्तीय विबरण अनुसार गत आर्थिक वर्षको यसै त्रैमासको तुलनामा २ करोड १६ लाख रुपैयाँले कम हो । गत वर्षको यसै त्रैमासमा नेशनल हाइड्रोले २ करोड ३८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो त्रैमासमा विद्युत बिक्रीबाट ३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले दोस्रो त्रैमासकोभन्दा थोरै विद्युत बिक्री गरेको हो । गत आर्थिक वर्षको यसै त्रैमासको तुलनामा भने यस्तो आम्दानी केही बढेको देखिन्छ ।

१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४१ करोड ३० लाख रुपैयाँले ऋणात्मक छ । आन्तरिक किचलो र मुद्धा मामिलाका कारण नतिा उन्मुख काम गर्न नसकेको कम्पनीबाट लगानीकर्ताले दशकौंसम्म प्रतिफलको अपेक्षा गर्न नसक्ने अवस्था छ ।

वित्तीय विबरणमा कम्पनीले प्रति शेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा, प्रति शेयर नेटवर्थ ७० रुपैयाँ २० पैसा र मुल्य आम्दानी अनुपात १९.९७ गुणा बढी रहेको देखाएको छ । यद्यपी यी सूचकहरु कम्पनीको वास्तविक वित्तीय अवस्थासँग मेल नखाने देखिन्छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।