आँखु खोला जलविद्युतको नोक्सानी घट्यो

May 16, 2019 Merolagani



आँखु खोला जलविद्युत कम्पनी AKJCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ६१ लाख रुपैयाँ नोक्सानीमा छ । गत बर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी ९२ लाख ९० हजार रुपैयाँले सुधार भएको हो ।

गत वर्षको यसै अवधिमा कम्पनी तीन करोड ५४ लाख रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीले अन्य सञ्चालन आम्दानीमा वृद्धि गर्दा र वित्तिय खर्चलाई घटाउदा नोक्सानी साधुँरो पार्न सहयोग पुगेको देखिन्छ ।

चालु आर्थिक वर्षको नौ महिनामा १५ करोड ९० लाख रुपैयाँ विद्युत बिक्री मार्फत आर्जन गरेको छ ।

गत वर्षको तुलनामा कम्पनीको बिद्युत बिक्री माफर्तको आम्दानी १७ लाख ५९ हजार रुपैयाँले घटेको हो । गत वर्ष कम्पनीले १६ करोड ८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थयो ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २१ करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।