आँखु खोला जलविद्युतको नोक्सानी घट्यो

May 16, 2019 Merolagani



आँखु खोला जलविद्युत कम्पनी AKJCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ६१ लाख रुपैयाँ नोक्सानीमा छ । गत बर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी ९२ लाख ९० हजार रुपैयाँले सुधार भएको हो ।

गत वर्षको यसै अवधिमा कम्पनी तीन करोड ५४ लाख रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीले अन्य सञ्चालन आम्दानीमा वृद्धि गर्दा र वित्तिय खर्चलाई घटाउदा नोक्सानी साधुँरो पार्न सहयोग पुगेको देखिन्छ ।

चालु आर्थिक वर्षको नौ महिनामा १५ करोड ९० लाख रुपैयाँ विद्युत बिक्री मार्फत आर्जन गरेको छ ।

गत वर्षको तुलनामा कम्पनीको बिद्युत बिक्री माफर्तको आम्दानी १७ लाख ५९ हजार रुपैयाँले घटेको हो । गत वर्ष कम्पनीले १६ करोड ८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थयो ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २१ करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।