जलविद्युत कम्पनीमध्ये चिलिमे र बुटवल पावर अग्रस्थानमा देखिँदा खानीखोला हाइड्रोपावर सबैभन्दा कमजोर

May 25, 2019 Merolagani



चालू आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका जलविद्युत कम्पनीमध्ये चिलिमे जलविद्युत कम्पनी र बुटवल पावर कम्पनी शिर्ष स्थानमा देखिँदा खानीखोला हाइड्रोपावर अधिकांश सूचकहरुमा कमजोर देखा परेको छ ।

चालु आवको तेस्रो त्रैमासमा चिलिमे हाइड्रोपावरलाई बुटवल पावर सञ्चालन र खुद नाफा, प्रतिशेयर आम्दानी र नेटवर्थ, लगानीको प्रतिफलमा उछिनेको छ भने चिलिमे जलविद्युत कम्पनी चुक्ता पूँजी, जगेडा कोष, विद्युत बिक्री आय र दोस्रो बजारमा कारोबार भएको शेयरमूल्यमा अगाडि रहेको छ । 

तेस्रो त्रैमासको बुटवल पावरले सबैभन्दा धेरै खुद नाफा कमाएको छ । बुटवल पावरले ७५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ। यही समयमा खानी खोला हाइड्रोले भने सबैभन्दा धेरै १० करोड पाँच लाख नोक्सानी व्यहोरेको छ।

चुक्ता पूँजी, जगेडा र विद्युत बिक्रीमा भने चिलिमेले शिर्ष स्थानमा रहेको छ। चिलिमेको ४ अर्ब ७५ करोड चुक्ता पूँजी, ४ अर्ब ५१ करोड जगेडा विद्युत बिक्री आय ८० करोड र बजारमूल्य जलविद्युत कम्पनीहरुमध्येकै उच्च प्रतिकित्ता ५३९ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजीका हिसावमा बरुण हाइड्रोपावरको २५ करोड, जगेडामा नेशलन हाइड्रोपावर ४१ करोड ४१ करोड नोक्सानी र विद्युत बिक्रीको हिसावमा अरुण काबेलीको अवस्था कमजोर छ ।कम्पनीले १६ लाख ९३ हजार मात्र विद्युत बेचेर आय गरेको छ।

तेश्रो त्रैमाससम्मको आधारमा बजारमूल्यको आधारमा दिव्येश्वरी र खानीखोला हाइड्रो दुबैको प्रतिकित्ता ७२ रुपैयाँ मात्र छ । प्रतिशेयर आम्दानीको आधारमा बुटवल पावर सर्वोत्कृष्ट छ । बुटवल इपिएस ४१ रुपैयाँ दुइ पैसा छ, सबैभन्दा कमजोर प्रतिशेयर आम्दानी भने खानीखोला हाइड्रोपावरको रहेको छ। बुटवल पावर पिइ रेसियो, लगानीमा प्राप्त हुने प्रतिफल (आरओइ) र पीभीबीपीइ रेसियोको आधारमा पनि उत्कृष्ट देखिन्छ ।

नेप्सेमा सूचीकृत २९ वटा जलविद्युत कम्पनी मध्ये १९ वटाले मात्र तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । सूचीकृत रहेका १० कम्पनीको अझै वित्तीय विवरण सार्वजनिक भएको छैन।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।