रैराङ हाइड्रोपावरको नाफा दोस्रो त्रैमासभन्दा घट्यो, प्रतिशेयर आम्दानी २६ पैसा

May 15, 2019 Merolagani



रैराङ हाइड्रोपावरको नाफा दोस्रो त्रैमाभन्दा घटेको छ । दोस्रो त्रैमासमा ७४ लाख ३१ हजार खुद नाफा आर्जन गरेको कम्पनीको नाफा तेस्रो त्रैमासमा ११ लाख ७ लाख रुपैयाँमा सीमित भएको हो।

यस्तै गत वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रैराङ हाइड्रोपावरको नाफा ६०.२७ प्रतिशतले घटेको छ। गत वर्ष २७ लाख ८७ हजार नाफा आर्जन गरेको थियो । विद्युत बिक्री आम्दानी र बीमा दाबीले कम्पनीको नाफा गत आवको तेस्रो र चालु आवको दोस्रो त्रैमासमा बढेको थियो।

हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विद्युत बिक्री मार्फत १० लाख ९० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिमा १२ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको तुलनामा १२.९६ प्रतिशतले कम हो।

गत पुससम्ममा कम्पनीले विद्युत बिक्रीबाट १६ लाख ६७ हजार र बीमा दाबी बापत २२ लाख ४७ हजार रुपैयाँ आम्दानी गर्दा खुद नाफा ७४ लाख बढी पुगेको थियो। चालु आकावे तेस्रो त्रैमासमा बिद्युत बिक्री मार्फतको आम्दानी र अन्य आम्दानी घटेसँगै हाइड्रोपावरको नाफामा गिरावट देखिएको हो ।

चुक्ता पूँजी १७.६५ प्रतिशतले बढाएर ५६ करोड पुर्याएको हाइड्रोपावरले जगेडा कोषमा उत्कृष्ट सुधार गरेको छ । गत वर्षको यसै अवधिमा हाइड्रोपावरको जगेडा कोष ५४ लाख ८० हजार रुपैयाँले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ लाख ७२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी २६ पैसा, प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ४५६.१६ गुणा बढी छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।