विद्युत विक्रीको आम्दानी घटेसँगै सिनर्जी पावरको नाफामा ३६ प्रतिशत गिरावट

May 15, 2019 Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्टको नाफा ३६.३२ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा २ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

कम्पनीको विद्युत विक्री मार्फतको आम्दानी घटेसँगै नाफामा गिरावट देखिएको हो ।

कम्पनीले विद्युत विक्री मार्फत् १४ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा १५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी गत वर्षको यसै अवधिमा एक लाख २० हजार ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । अन्य स्रोत मार्फतको आम्दानी भने ३ लाख ९० हजारबाट ७८ लाख २१ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले समग्र खर्चलाई भने नियन्त्रण गरेको छ । गत वर्ष १३ करोड ७८ लाख रुपैयाँ समग्र खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च १३ करोड ४९ लाख रुपैयाँमा सीमित राखेको छ ।

७० करोड चुक्ता पूँजी स्थिर राखेको कम्पनीले जगेडा कोषमा सुधार गरेको छ । गत वर्षको यसै अवधिमा १३ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको जगेडा कोष चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रतिशेयर आम्दानी एक रुपैयाँ ९५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ८२ रुपैयाँ ५२ पैसा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।