मंगलबार नेप्से परिसूचक २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७८ हजार २२६ पटकको कारोबारमा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन सिटि होटलको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ८० प्रतिशत हकप्रद शेयर समायोजनपश्चात कारोबारमा आएको सो होटलको शेयरमूल्य यस दिन ५७ रुपैयाँ ७८ पैसा बढेर ६३६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिक्लेस हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ ५५ पैसा घटेर १ हजार ३२ रुपैयाँ ५१ पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब २४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने लुम्बिनी विकास बैंकको कारोबार रकम २० करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।