यस दिन नेप्से परिसूचक ९.७० अंक घटेर २७६७.२० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डे २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ५३ हजार ८५३ पटकको कारोबारमा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
विकास हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने चन्द्रागिरी हिल्सको करिब साढे १९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०३ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत घटेकाे छ।