नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । सोमबारको बजारमा चाँदी दुई हजार ५७५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबारको बजारमा चाँदी २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।
