सुन र चाँदी दुबैको मूल्य बढ्यो

Sep 19, 2025 10:52 AM Merolagani



असोज ३ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबारको बजारमा यस्तो सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ।