एक हप्तामा ७४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीले बनाएकाे थियाे नयाँ रेकर्ड

Jan 10, 2026 06:05 AM Merolagani



पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको छ ।

हप्ताको पहिलो दिन पुस १८ गते शुक्रबार २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस २५ गते शुक्रबारसम्म आइपुग्दा २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २० गते आइतबार सुनको मूल्य ४ हजार ६०० रुपैयाँ बढेर प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस २१ गते सोमबार पुनः ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, पुस २२ गते मंगलबार भने सुनको मूल्य ४०० रुपैयाँले घट्यो । त्यसदिन सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पुस २३ गते बुधबार भने सुनको मूल्य यथावत रह्यो ।

त्यस्तै, पुस २४ गते बिहीबार भने सुनको मुल्य २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भयो । र, पुस २५ गते शुक्रबार भने २१०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्दाे क्रममा रहेकाे व्यवसायीहरु बताउँछन् ।

यस साता चाँदको मूल्यले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतिताेला ४ हजार ५०० रूपैयाँमा काराेबार भएकाे चाँदीले बुधबार ताेलाकाे ४ हजार ९३५ रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकाे हाे । त्यसपछिका दिनहरूमा भने चाँदीकाे मूल्य घट्दाे क्रममा रहेकाे छ।

आर्थिक र भूराजनीतिक अस्थिरता, मुद्रास्फिति, कम ब्याजदर, सुरक्षित आश्रय खाेज्ने लगानीकर्ताहरू र केन्द्रीय बैंकहरूले लगानी विविधिकरणा गर्ने संयाेजनका कारण सुनकाे मूल्यमा उतारचढाव भएकाे विश्लेषकहरूकाे भनाइ छ । त्यस्तै चाँदीकाे सन्दर्भमा अाैद्याेगिक क्षेत्र माग बढ्नु, माग अनुसार आपूर्ती हुन नसक्नु जस्ता कारणले चाँदीकाे मूल्य बढेकाे महासंघले बताएकाे छ ।




मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो

Jan 06, 2026 02:20 PM

विश्व राजनीतिमा निकै विरलै देखिने दृश्य भेनेजुएलाको शेयर बजारमा देखिएको छ। ३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार 'काराकास स्टक एक्सचेन्ज' (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ।