सुन र चाँदी दुवैको मूल्य घट्यो

Jan 08, 2026 10:58 AM Merolagani



पुस २४ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । 

सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।