अब सीमाबाट पाँच सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने

Jun 03, 2026 12:53 PM Merolagani



सीमाबाट पाँच सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने भएकाे छ । यसअघि एक सयबाट बढाएर पाँच सय पुर्‍याइएकाे हाे । नयाँ व्यवस्थाअनुसार अब ५०० रुपैयाँसम्मको वस्तु ल्याउन पाइनेछ ।

“स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई यस सूचनामा उल्लेख भएका कुनै पनि सुविधा दिइने छैन । तर, पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लागेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ,” सूचनामा उल्लेख छ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।