फाईनान्स कम्पनीबाट सुरु भएको सानिमा आफै बाणिज्य बैंकमा रुपान्तरित भएर चुक्ता पूँजी आठ अर्ब पुर्याउने दिशामा अगाडि बढेको छ ।शेयरबजारमा यो बैंक लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ । अहिलेको अवस्थामा सानिमा बैंकमा लगानी गर्दा के होला ? ( कम्पनी विश्लेष्ण )

गतआर्थिक बर्षको वित्तीय अवस्था
गत आर्थिक बर्षको अन्तिम त्रैमासमा सानिमा बैंकले ६२ करोड ४१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जून अघिल्लो आर्थिक बर्षको तुलनामा ४५.९७ प्रतिशत बढि हो ।
तीन अर्ब ६ करोड चुक्तापूँजी भएको बैंकले गत आर्थिक बर्षसम्ममा ३४ अर्ब निक्षेप संकलन गरि २८ अर्ब रुपैयाँ बराबरको रकम कर्जा प्रवाह तथा लगानि गरेको छ । बैंकले चालु आर्थिक वर्षमा ५१ करोड रुपैंयाको बोनस शेयर बितरण गरेर चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैंया पुर्याएकोे हो ।
अघिल्लो बर्षको भन्दा यसअवधिमा बैंकको निक्षेप ३६.८७ र कर्जा तथा लगानि ३८.७४ प्रतिशतले बढेको छ । बैकको जगेडाकोषमा ३७ करोड रुपैयाँ रहेको छ । बैंकको पूँजीमा भएको वृद्धि, निक्षेप, कर्जा तथा नाफामा भएको वृद्धिले कम्पनीको अवस्था सृद्धिढ र मजबुद भएको देखाउँदछ ।

एक बर्षको अवधिमा बैंकको चुक्तापूँजी समेत २० प्रतिशतले बढेर ३ अर्ब ६ करोड रुपैया पुगेको छ ।
अघिल्लो बर्ष बैंकको चुक्तापूँजी २ अर्ब ५५ करोड रहेको थियो । राष्ट्र बैंकको नीति बमोजिम आगामी दुई बर्ष्भित्र बैंकले आठ अर्ब चुक्तापूँजी पुर्यायनु पर्नेछ छ ।
बैंकले ५० प्रतिशत अर्थात १ अर्ब ५३ करोड रुपैंया बराबरको हकप्रद शेयर जारी गरि यस वर्ष चुक्ता पूँजी ४ अर्ब ५९ करोड रुपैंया पुर्याउने ,आगामी आर्थिक वर्षमा फेरी ५५ करोड रुपैंयाको बोनस शेयर र त्यस पछि ४० प्रतिशत हकप्रद जारी गर्ने र आर्थिक वर्ष २०७४/७५ मा ८२ करोड रुपैंया बराबरको बोनस शेयर बितरण गरि आफ्नो चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैंया पुर्याउने योजना बनाएको छ ।

बैंकको खराब कर्जा अनुपात ०.०७ प्रतिशत मात्र रहेको छ । यो समग्र वाणिज्य बैंकहरुमा सबैभन्दा कम हो । जसले बैंकको कर्जा व्यवस्थापनपक्ष अत्यन्तै चुस्त भएको देखाउँदछ ।
अर्कातर्फ बैंकको नाफामा भएको वृद्धिले प्रतिशेयर नेटवर्थ समेत बढाएको छ । बैंकको प्रतिशेयर आम्दानी भने २४.४७ रुपैयाँ रहेको छ । जून अघिल्लो आर्थिक बर्षको भन्दा झण्डै २७ प्रतिशत बढि हो ।
अर्का तर्फ यसै अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ पनि १२२ रुपैयाँ ७७ पैसाबाट बढेर १३४ रुपैयाँ ५२ पैसा पुगेको छ । साथै रिटन अन ईक्विटी २० प्रतिशतले बढर १८.१९ प्रतिशत पुगेको छ । यी ईण्डिकेटरले बैंकको वित्तीय अवस्था विगतको भन्दा अझ मजबुद बन्दै गएको देखिन्छ ।

तर बैंकको कर्जा निक्षेप अनुपात अघिल्लोबर्षको भन्दा बढ्दै गएको छ । गतबर्ष यो अनुपात ८३ प्रतिशत रहेको छ । यो बढ्दै जाने हो भने आगामी दिनमा यसले बैंकलाई समस्यामा पार्नै सम्भावना देखिन्छ । जसका कारण बैंकलाई निक्षेप बढाउनुपर्ने दबाब देखिन्छ ।

कर्जा निक्षेप अनुपात बाहेक सानिमा बैंकले राष्ट्र बैंकले तोकेका सबै मापदण्डहरु पुरा गरेको देखिन्छ । समग्रमा अन्य यहि स्तरका बैंकको तुलनामा बैंकको वित्तीय अवस्था निक्कै सृद्धिढ देखिन्छ ।
राष्ट्र बैंकले निर्धारण गरेका मापदण्ड तथा सुचक समेत सन्तुलनमा राखेकाले नेपाल स्टक एक्सचेनजमा लगानीकर्ताको आर्कषणका रुपमा समेत यो बैक रहेको छ । मुल्य आम्दानी अनुपात २२.६८ गुणा बढि रहेकाले नेप्सेमा सानिमाको शेयरमा आर्कषण देखिन्छ ।
हाल यस बैंकको शेयर प्रतिकित्ता ६ सय ३० रुपैयाँको हाराहारीमा कारोबार भएको छ । स्थापनाकालदेखि नै संस्थागत सुशासनका सन्दर्भमा पनि यो बैंक सबल रहदै आएको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।
सम्बन्धित समाचारहरु
२० प्रतिशत बोनश र बोनशपछि ५० प्रतिशत हकप्रद जारी गर्ने सानिमाको प्रस्ताव पारित
बोनस र हकप्रदबाटै ८ अर्ब चुक्ता पूँजी पुर्याउने यस्तो छ सानिमा बैंकको योजना (आधिकारिक बिबरण सहित)
सानिमा बैंकले पनि दिने भयो २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद
लाभांश घोषणा गर्ने सानिमा बन्यो दोस्रो वाणिज्य बैंक,२० प्रतिशत बोनस
सानिमा बैंकको ७ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन, वार्षिक ७ प्रतिशत प्रतिफल
सावधान ! नेपालमा ईन्टरनेट बैंकिङ ह्याकरहरु सक्रिय छन्